न्युयोर्क । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको नेतृत्वका लागि निर्वाचन समितिले उम्मेदवारको मनोननय सूची सार्वजनिक गरेको छ ।
जसअनुसार आइसिसि मेम्बरका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् ।
यता अध्यक्षका लागि ३ जनाले र वरिष्ठ उपाध्यक्षका लागि ४ जनाले मनोनयन दर्ता गराएका छन् ।
४ जना उपाध्यक्षहरुका लागि ८ जनाको उम्मेद्वारी मनोनयनमा परेको छ । त्यसैगरी महासचिवमा ३ जनाको सचिवमा २ जनाको र कोषाध्यक्षको लागि ३ जनाको उम्मेदवार मनोनयनमा परेको छ । सहकोषाध्यक्षका लागि ३ जना युथ कोअर्डिनेटरका लागि २ वुमन कोअर्डिनेटरका लागि २ र बोर्ड अफ डाइरेक्टरका लागि ४० जनाको मनोनयन परेको छ ।
अप्रिल २३ मा उम्मेदवरको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे १८ तारिखमा हुने भएको छ ।
त्यस्तै अप्रिलको २४ मा दाबीविरोध, मेको ३ तारिखमा उम्मेदवारी फिर्ता र मे ७ तारिख उम्मेद्वारहरुको अन्तिम नामवाली प्रकाशन गरिने भएको छ ।
त्यसपछि मेको १८ तारिख बिहान ८ बजेदेखि रातको ११ बजेर ५९ मिनेटसम्म मतदान हुनेछ । मे २१ मा निर्वाचनको नतिजा घोषणा गरी जुलाईको ६ तारिख निर्वाचित हुनेहरुलाई प्रमाण पत्र वितरणसँगै शपथग्रहण गरिने भएको समितिले जनाएको छ ।
यस्तो छ मनोनयन सूची