१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

महिला अधिकारकर्मि छत्र गुरुङद्धारा बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धवरि


Ang

१६ बैशाख २०७६, सोमबार  

4
Shares

महिला अधिकारकर्मी छत्र गुरुङले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदको लागी उम्मेद्धवरी दिएकी छिन । नेपालमा मानव अधिकार तथा कानुनी क्षेत्रमा लामो समय काम गरीसकेकी गुरुङले गैरआवासीय संघ एनआरएनलाई सवल, सक्षम र समावेशी बनाएर लैजानको लागि आफुले उमेद्वारी दिएको बताएकी छन् । विगत ११ बर्षदेखि न्यूहृयाम्सायरमा बस्दै आएकी गुरुङले न्यूहृयाम्सायर नेपाली कम्युनिटी, आइएनएलएस न्यूहृयाम्सायर च्याप्टर, एभरेष्ट लायन्स क्लब न्युहृयाम्प्सायर च्याप्टर, गुरुङ समाज लगायत विभिन्न सामुदायिक संस्थाको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।

नेपालमा लामो समय कानुन व्यवसायमा संलग्न गुरुङ अन्तरिम संविधान २०६३ का मस्यौदाकार समेत हुन् । आदिवासी जनजाति महिला कानुनी सचेतना समूहका संस्थापक अध्यक्ष तथा कानुनी सहयोग तथा परामर्श केन्द्रको उपाध्यक्षको रुपमा समेत काम गरी सकेकी गुरुङ महिला अधिकार तथा सामाजिक क्षेत्रमा ३० बर्षभन्दा लामो समय काम गरिसकेको अनुभव छ । सर्वोच्च अदालतमा समेत कानुन व्यवसायीको रुपमा काम गरेकी छत्र गुरुङ कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको निर्वाचित केन्दि्रय सदस्यको रुपमा काम गरेकी छन् । सामाजिक न्याय, सक्षम र सवल र समावेशी नेतृत्वको लागि महिला सहभागितालाई प्राथमिकता दिनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : १९ बजे