४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानीत येसी अमेरिकन पिसक्रोपमा जादै


Ang

७ जेष्ठ २०७६, मंगलबार  

0
Shares

न्युयोर्कको नाटयशालामा उत्कृष्ठ कला प्रस्तुत गदै आएकी नेपाली मुलकी येसी शेर्पा जापानस्थित टेक्नो कलेजको अन्तराष्ट्रिय अवार्डबाट सम्मानीत भएकी छिन । येसीलाई उक्त पुरस्कार न्युयोर्कस्थित पर्चेस कलेजको पुरस्कार वितरण कार्यक्रममा प्रदान गरेका थिए । वेष्टचेष्टरस्थित पर्चेस कलेजबाट मानवशास्त्र र समाजशास्त्रमा ब्याचलर डिग्री अध्ययन पुरा गरेकी येसीलाई जापानको टेक्नो कलेजले अन्तराष्ट्रीय स्तरमा इसिले प्रस्तुत गरेको कार्यको मुल्याङन गदै उक्त पुरस्कार प्रदान गरिएको हो । कलेजले विभिन्न ११ पार्टनर स्कुलका विद्यार्थीहरु मध्येबाट छानेर इसिलाई उक्त पुरस्कार दिएको थियो ।

उनी गत वर्ष पर्चेस कलेजको एम्बासाडरको रुपमा जापानको टेक्नो कलेजमा दुई हप्ताको लागी कलेजकै कामको लागी गएका थिए । कलेजकै खर्चमा जापानमा पुगेर येसीले कलेज वीचको सम्बन्ध विस्तारमा भुमिका खेलेकी थिइन । ‘ मैले यस्तो पुरस्कार पाउछ भनेर कहिल्यै पनि सोचेकी थिएन ‘ इसिले भने-‘ यो अन्तराष्ट्रिय पुरस्कारले मलाई थप जिम्मेवारीबोध गराएकेा छ ‘ ।


सोलुखुम्बु थल्लेरी निवासी ङिमा शेर्पा र चुण्डी शेर्पाको जेठी छोरी येसी न्युयोर्कको लगोडिया हाइस्कुल अफ म्युजिक, आर्ट एण्ड परफमिङबाट ड्रामा विषयको अध्ययनपछि पर्चेज कलेजबाट व्याचरलर डिगि्र पुरा गरेकी छिन । हाइस्कुलमा अध्ययन गर्दा येसीले न्युयोर्कको विभिन्न थिएटरहरुको नाटकहरुमा अभिनय गरेकी थिए । ४ बर्षको कलेज अध्ययनकै क्रममा दुई बर्ष अघि पर्चेच कलेजबाटै एक सेमेष्टरको अध्ययनको लागी उनी भारतको नया दिल्लीमा पुगेर ४ महिना पब्लिक हेल्थको अध्ययन गरेकी थिइन । त्यतिखेर अमेरिकाभरिकै विभिन्न कलेजको १६ जना विद्यार्थीहरु उनीसग सहाभागी थिए । त्यो अवसर पाउनेमा नेपाली मुलका उनी मात्र थिए ।

कलेजको अध्ययन लगतै येसी आगामी सेप्टेम्बरमा पिसकोरको भोलेन्टरको रुपमा मोरोक्कोमा २७ महिनाको लागी जाने तयारी गरिरहेका छन । ‘ नाटय कला विषयको अध्ययनसंगै जीवनमा धेरै कुराहरु सिक्दै आत्माविश्वास बडाउने मौका मिल्यो ‘ येसीले भने-‘ अध्ययनकै क्रममा सिकेको ज्ञान र पाएको अनुभवकै आधारमा पब्लिक हेल्थ, महिलाको स्वस्थ र शिक्षा क्ष्ाेत्रको उच्च अध्ययन गरि यसै क्षेत्रमा कार्य गर्ने लक्ष्य लिएकी छु’ । हाइस्कुल अध्ययन गर्दादेखिनै अमेरिकन पिसक्रोप भोलेन्टरको रुपमा केही गर्ने योजना बनाएकी येसीले आफुले सिकेको काम गर्ने बताए ।
‘ अमेरिकन पिसक्रोप भोलेन्टरको रुपमा नेपालकै ग्रामीण भेगमा गएर केही गरु भन्ने इच्छा थियो तर आफनो इच्छा अनुसारको प्रोगम नमिलेकोले मोरोक्को जान लागेकी हु’ । उनले पिसक्रोपमा जानकै लागी गत वर्षको अक्टुरदेखिनै सम्पुर्ण तयारी पुरा गरेकी छिन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  १ : १६ बजे