१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

न्युयोर्कमा मनायो इन्द्र जात्रा


Ang

२९ भाद्र २०७६, आइतबार  

0
Shares


न्युयोर्कमा बसोबास गदै आइरहेका नेवारी समुदायले गत बर्ष झै यस पटक पनि ज्याक्सनहाइटको मुटु मानिने डाइभर्सिटि प्लाजामा येन्हापुन्ही इन्द्र जात्रा मनायो । नेवा गुठी न्युयोर्कद्धारा आयोजना गरिएकेा इन्द्र जात्रा परम्परागत शैलिमा विभिन्न मौलिक खाना परिकार सझाएको स्थानमा कुमारीलाई स्वागत गदै सेतो हात्ती र लाखे नचाएर इन्द्र जात्रा मनाएका छन । नेवारी समुदायमा कुमारीलाई जिवित देवीको रुपमा पुज्दै आएका छन । काखमा बोकेर ल्याएको कुमारीको आगमानसंगै ढोल र ज्याप्टाको तालमा नाच्दै आएको सेतो हात्ती र लाखे नृत्यले न्युयोर्कमा नेवारी गाउबस्तीको याद दिलाइरहेको थियो । यस पटकको इन्द्र जात्राम बेत्रावति क्षेत्रमा नाचिने लाखे नाच देखाएको थियो ।

‘ नेवारी समुदायले येन्यापुन्हीको नामले मनाउदै आएको इन्द्रजात्रा किसानहरुको महत्वपुर्ण पर्वको रुपमा परापुर्व कालदेखि मनाउने क्रममा प्रवासमा पनि मनाउन थालेकेा हो ‘ नेवा गुठीका अध्यक्ष निर्मल प्रधानले भने-‘ आफनो मौलिक सस्कृति पर्वलाई प्रवासमा निरन्तरता दिनका लागी न्युयोर्कमा गत बर्षदेखिन इन्द्रजात्रा मनाउन थालेको हो ‘ । उनका अनुसार नेवारी समुदायमा धान काटीसकेपछि किसानहरुले भैरव र कुमारीको पुजा गरि आपसमा विभिन्न परिकार खाएर रमाइलो गरि मनाउदै आएको पर्वनै इन्द्र जात्रा हो । विदेशमा आएर विर्सदै गएको यस्तो पर्वले आपसी एकता र सदभाव बडाउनका लागी मनाउन थालेको अध्यक्ष प्रधानले बताए । इन्द्रजात्रामा कुमारीको पुजा र आर्शिवाद लिएपछि कार्यक्रममा सहाभागीहरुले सझाएका खानेकुराहरु प्रसादको रुपमा खाएका थिए ।

‘ नेवारी समुदायमा किसानहरुले आफनो बर्षायामको समाप्तीसंगै खेती किसान सकेपछि भगवान इन्द्रलाई धन्यवाद दिएर रमाइलो गरि मनाउने मौलिक पर्वनै इन्द्रजात्रा हो’ नेवा गुठीका सस्थापक सदस्य तथा लेखक विके नेवाले भने-‘ नेवारी भाषामा येन्यापुन्ही भनेको काठमाडौको नेवारले मनाउने पर्व भनेतापनि नेपालभरिकै सवै नेवारहरुले यो पर्व मनाउदै आएको छ ‘ । इन्द्रजात्रामा गत वर्ष झै यस पटक पनि विभिन्न मुलुकका नागरिकहरुले कुमारी, सेता हात्तिको नृत्य र लाखे नृत्य निकै रुचिका साथ रमाइलो मानेर आनन्दा लिएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : ४२ बजे