एनआरएनए अभियानमा एक दशक अघिदेखिन निरन्तर रुपमा लाग्दै आएका अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक नविन शेरचनले आगामी एनआरएनए आइसिसिको ९ औ सम्मेलनमा क्षेत्रिय संयोजक पदमा उम्मेद्धवरी दिने भएको छ । उपसंयोजक शेरचन एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदै दुई पटक आइसिसि सदस्य बनेर दुई बर्ष अघि उपसंयोजक पदमा निर्वाचित भएका हुन ।
न्युयोर्कको चर्चित थकाली रेष्टुरेन्टका मालिक शेरचनले एनआरएनए भवन निर्माण र लाप्राक बस्तीको लागी आर्थिक सहयोग गर्नुको साथै नेपालमा भुकम्प जादा र बाढि पहिरो आउदा सहयोग गरेका थिए । सरल र मिजासिलो स्वाभावको शेरचन एनआरएनए अमेरिका र आइसिसिको वीच सुमधुर सम्बन्ध स्थापित गर्नका लागी यस पटक पुन संयोजक पदमा उम्मेद्धवरी घोषणा गरेको बताए । ‘ एनआरएन आइसिसि र एनआरएन एनसिसि अमेरिका वीचको सम्बन्धलाई सुमधुर बनाउनका साथै आइसिसिको लक्ष्य र उद्धेस्य पुरा गर्न अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक पदमा उम्मेद्धवरी दिएको हु’ उपसंयोजक शेरचनले भने—‘ अमेरिका र क्यानाडा क्षेत्रका एनआरएनए प्रतिनिधि साथीहरुको साथ र सहयोगले उपसंयोजकको जिम्मेवारी पुरा गरेर अब फेरि पनि संयोजकको जिम्मेवारी लिने सोच बनाएको छु’ ।