९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

वरिष्ठ चिकित्सक डा केशव पौडेलद्वारा एनआरएनएको महासचिवमा उम्मेदवारी घोषणा, यस्ता छन् ९ प्रतिबद्धता


२६ आश्विन २०७६, आइतबार  

2
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को महासचिवमा डा केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । आइतवार राजधानीको होटल अन्नपूर्णमा पत्रकार सम्मेलनमार्फत डा पौडेलले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएन अमेरिकामा दुई कार्यकाल नेतृत्वमा रहेका पौडेलले यसअघि नेपालमा विद्यार्थी जीवनदेखिनै नेतृत्व गदै आएका डा पौडेलले एनआरएन अमेरिकालाई संस्थागत रुपमा माथि उठाउदै आउने क्रममा आइसिसिको संस्थागत हितको लागि महासचिव पदमा उम्मेद्वारी दिएको बताए ।

उम्मेदवारी घोषणा गर्दै उनले आफूले कर्मभूमिको मेनस्ट्रिममा जानसमेत पहल गर्ने बताए । पौडेलले भने, “कर्मभूमिमा पनि हामीले आफ्नो अस्तित्व खोज्नुपर्छ भनेर हामीले हाम्रा साथीहरूलाई उभ्याउनुपर्छ । हाम्रो हकअधिकार खोज्न कर्मभूमिमा पनि मेनस्ट्रिममा जानुपर्छ ।”

त्यसैगरी उनले सचिवालयलाई चुस्त बनाउने प्रतिबद्धतासमेत जनाए । “हामी प्रेसिडेन्टियल सिस्टममा छौ । म अध्यक्षलाई सघाएर अघि बढ्छु । मेरा पनि भिजन छन् । एनआरएन मुभमेन्टका कमजोरीलाई कम गर्न मेरा केही प्रतिबद्धता छन् । सचिवालयको सुदृढीकरण र व्यवस्थापन गर्छु । अनावश्यक कर्मचारी राखिएका छन् । भद्दा खर्च भएका छन् । खर्च कम, काम धेरै गर्ने काममा म अघि बढ्नेछु,” डा पौडेलले भने ।

उनले संस्थामा संस्थागत विकास नभएको उल्लेख गर्दै ७० लाख विदेशमा बस्ने नेपालीको भावनाअनुसार काम गर्ने वचन दिए ।

नेपालमा भएका संघसंस्थासँग सहजीकरण गर्न नसकेको जनाउँदै उम्मेदवार पौडेलले एनआरएनको धेरै काम नदेखिएको उल्लेख गरे । भने, “एनआरएनले धेरै काम गरेको छ । तर, सञ्चार र अन्तर्क्रियाको कमीले धेरैले थाह पाएका छैनन् । यो ग्याप म मेटाउँछु ।”

को हुन् डा पौडेल ?

तनहुँको व्यास नगरपालिका वडा ९ सतिस्वााराको सिस्नेरीमा जन्मिएका डा पौडेल अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको बरिष्ठ चिकित्सक एवं मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् । एनआरएनए आइसिसिमा महासचिव बन्न डा पौडेल अहिलेसम्म विभिन्न मुलुकहरुमा पुगेर त्यहाँका एनआरएनए अभियन्ताहरुलाई भेटेका थिए ।

एनआरएनए अमेरिकामा डा पौडेल नेतृत्वको कार्यकालमा नेपालमा भूकम्प गएको बेला आफै चिकित्सक भएर चिकित्सक टोली लिएर नेपालमा उपाचार सहयोग गर्नु साथै आर्थिक सहयोग, अमेरिकामा पहिलो विज्ञ सम्मेलन, प्रवासमा नेपाली भाषा संस्कृति जगेर्ना गर्नेका लागी विभिन्न राज्यहरुमा नेपाली पाठशाला खोल्ने कार्य, नेपाली कम्युनिटी सेन्टरको लागि आर्थिक सहयोग, अमेरिकाको मूलधारको राजनीतिमा जाने तर्फ प्रोत्सहण जस्ता महत्वपुर्ण कार्यक्रमहरु गरेका थिए ।

यस्ता छन् प्रतिबद्धता 

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १० : ३४ बजे