सीमा रक्षाका लागि एक भएर उभिन एनआरएनएको आव्हान

२०७६ कार्तिक २२, शुक्रबार २१:४०

 काठमाडौं– भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैर आवासीय नेपाली संघ (एनआरएनए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले दुई देशबीच सुल्झाउन बाँकी सीमा सम्बन्धी विवादहरु कुटनीतिक माध्यमबाट वार्ताद्वारा समाधान गर्न माग गरेको छ । दुवै पक्षको सहमतिमा दस्ताबेज र प्रमाणका आधारमा टुंग्याउनु पर्ने विषयलाई भारतले एकपक्षीय रुपमा नक्सा जारी गरेकोप्रति संघले भत्र्सना समेत गरेको छ ।

‘मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, नेपाली नागरिक एवं विदेशी गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने मान्यता छ,’ शुक्रबार जारी संघका अध्यक्ष कुमार पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

संघले अन्तरराट्रिय सिमाना रक्षाका लागि सरकारको साथमा उभिन विदेशमा रहेका सबै नेपाली प्रतिबद्ध रहेको समेत जनाएको छ ।

सम्बन्धित समाचार