४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

अमेरिकामा ‘भिजिट नेपाल २०२०’ को औपचारिक शुभारम्भ



एनआरएन अमेरिकाले थाल्यो फेसबुकबाट प्रचार
न्युयोर्क । संयुक्त राज्य अमेरिकामा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको विशेष समारोहमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की र संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राईले दीप प्रज्ज्वलन गरी ‘भिजिट नेपाल–२०२०’ को शुभारम्भ गरेका थिए ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेअनुरुप विभिन्न देशमा भ्रमण वर्ष उद्घाटन गरिएसंगै न्युयोर्कमा मंगलबार शुभारम्भ गरिएको हो । अमेरिकाका लागि नेपाली राजदूत डा. कार्कीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै यो भ्रमण वर्षको अवसरमा नेपाल घुम्नका लागि नेपाल सरकारको तर्पmबाट औपचारिक निम्तो दिएका थिए ।

नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट संविधान निर्माण, संघीयता कार्यान्वयनमा आएको र स्थायी सरकार बनेको भन्दै अब नेपाल र नेपाली समृद्धिको बाटोमा अग्रसर भएको राजदूत कार्कीले बताए । उनले नेपालको आर्थिक विकासका लागि सरकारले पर्यटन क्षेत्रलाई महत्वपूर्ण पाटोको रुपमा लिएको भन्दै भिजिट नेपाल अभियानलाई सफल पार्न सबै नेपाली र कूटनीतिज्ञहरुको पनि दायित्व भएको उल्लेख गरे ।
नेपाल पर्यटकीय दृष्टिकोणले पहिलो गन्तव्य रहेको भन्दै ८ हजार मिटर माथिको उच्च हिमालहरुसँगै विश्वकै सर्वोच्च शिखर सगरमाथा, ट्रेकिङ, ¥याप्mिटङ, प्याराग्लाइडिङ, विभिन्न चराचुरुङ्गी र वन्यजन्तु हेर्न पाइने राजदूत कार्कीले बताए । नेपाली ऐतिहासिक, पुरातात्विक सम्पदा, परम्परा, संस्कार संस्कृतिसँग परिचित हुन पनि नेपाल घुम्नु पर्ने आग्रहसँगै राजदूत कार्कीले पर्यटकहरुलाई बस्ने, खाने, पर्यटकीय क्षेत्रमा जाने यातायातको सुविधा लगायतमा पनि कमी हुन नदिन नेपाल सरकार सचेत रहेको बताए ।

त्यस्तै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राईले प्राकृतिक र भौगोलिक रुपमा अत्यन्तै सुन्दर मुलुक नेपालमा एक पटक भ्रमण गरेमा धेरै अविष्मरणीय अनुभव पाइने बताउँदै सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । नेपाल सरकारले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउँदै अमेरिकाबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्रिने अपेक्षा रहेको राष्ट्रसंघका स्थायी प्रतिनिधि राईले बताए ।

नेपाली कन्सुलेटका महावाणिज्यदूत पुष्प भट्टराईले नेपाल हिन्दु र बौद्ध धर्ममा आस्थावान र अध्ययन गर्न चाहनेहरुको लागि पनि नेपाल उत्कृष्ट मुलुक भएकोले धार्मिक पर्यटकहरुलाई भ्रमण वर्षमा सरकारले स्वागत गरेका बताएका थिए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट एच डेलिसीले आपूm राजदूत भएका बेला नेपालबाट धेरै कुराहरु सिक्न पाएको र धेरै कुराहरुले आकषर््िात गरेको प्रसंग उल्लेख गर्दै नेपाल एउटा उत्कृष्ट गन्तव्य भएको बताए ।

पूर्वराजदूत डेलिसिको संयोजकत्वमा नेपाल पुगेर फर्केका विभिन्न क्षेत्रका व्यक्तित्वहरु एलिजावेथ चिन, एडम फ्रिडेन्सन, जसुवा सिग्रेव, लिन्से स्मिथ र विलियम भ्यान्कोइजले नेपालमा पाएको अनुभवहरु बाँडेका थिए । उनीहरुले नेपाल जाँदा देखेको प्राकृतिक सुन्दरता, नेपाली मौलिक जीवनशैली र संस्कृतिको बारेमा लिएको तस्बिर र दृश्यहरु प्रदर्शन गरेका थिए । ट्राभल एजेन्ट, फोटोग्राफर, धार्मिक, साहसिक र लेखन क्षेत्रका व्यक्तित्वहरु थिए । नेपाल पुगेर नेपालको बारेमा प्रचारमा सघाउ पुर्‍याउँदै आएका उनीहरुलाई राजदूत डा. कार्की र राष्ट्रसंघका स्थायी प्रतिनिधि राईले सम्मान गरेका थिए ।

कार्यक्रममा अमेरिकाबाट नेपालमा राजदूत भएर आफ्नो कार्यकाल पूरा गरी फर्केका पूर्वराजदूत स्कट एच डेलिसीलाई नेपाल सरकारले नेपालको सद्भावना दूतको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवलयका सदस्य सचिव एवं पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले नेपाल किन घुम्नु पर्ने, घुम्नुपर्ने ठाउँहरुका बारेमा स्लाइड शोमार्पmत जानकारी दिएका थिए ।

स्लाइड शोका क्रममा उनले नेपाल सगरमाथासहित मकालु, कञ्चनजंग हिमाल लगायतका दृश्यावलोकन, पोखरा, बुद्धको जन्मस्थल लुम्बिनी, मुगुको रारा ताल, चितवनको सौराह, बर्दिया राष्ट्रिय निकुञ्जजस्ता पर्यटकीय गन्तव्य रहेको जानकारी गराए । त्यस्तै कर्णालीमा र्‍याफ्टिङ, उत्कृष्ट पर्यटकीय गन्तव्य पोखराको सराङकोट लगायत क्षेत्रमा गराइने प्याराग्लाइडिङ जस्ता थुप्रै पर्यटकीय गतिविधि हुने गरेको बताए ।
त्यस्तै, नेपाली परम्परागत संस्कृति, वन्यजन्तुको अवलोकन, पशुपतिनाथ, जनकपुरको जानकी मन्दिर र काठमाडौं उपत्यकामा समेत घुम्नलाई विभिन्न सांस्कृतिक सम्पदाहरु रहेको उल्लेख गरे ।

नेपालको घुम्न लायक विभिन्न पर्यटकीय ठाउँबारे निर्माण गरिएको वृत्तचित्रसमेत श्रेष्ठले देखाएका थिए । जसमा पशुपतिनाथ मन्दिर, विभिन्न ताल, हिमालहरु, नेपाली मौलिक संस्कार, नेपालीको रहनसहन, संस्कृति, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जीजम्प लगायत दृश्य समेटिएको थियो ।

कार्यक्रममा नेपाल भ्रमण गरेका अमेरिकनहरु, कूटनीतिक नियोगका प्रतिनिधि, ट्राभल एजेन्टहरु, ट्राभल राइटरहरु, पर्यटन व्यवसायी र अमेरिकन मिडियाका पत्रकारहरु सहभागी थिए । कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्कने गीत तथा नृत्यहरुसमेत प्रस्तुत गरेका थिए ।

एनआरएन अमेरिकाले फेसबुकबाट भ्रमण वर्ष प्रचार थाल्यो
नेपाल भ्रमण वर्ष सफल बनाउन एनआरएनए अमेरिकाको व्यापार तथा नेपाल पर्यटन प्रवर्द्धन समितिले विभिन्न कार्यक्रम गर्ने योजनासँगै नेपालको प्रवर्द्धनका लागि सामाजिक सञ्जाल फेसबुकमा नेपाल चिनाउने सामग्री राखेर विज्ञापन दिन थालेको छ ।

नेपाल भ्रमण वर्ष भिजिट नेपाल २०२० प्रचारप्रसार गर्न एनआरएन अमेरिका व्यापार तथा नेपालय पर्यटन प्रवद्र्धन समितिले पैसा तिरेर भए पनि नेपालको प्रचार गर्ने अभियान थालेको समिति संयोजक आङ जाङ्बु शेर्पाले बताए ।

फेसबुकमा विज्ञापन राखेको केहीदिनमै नेपालको बारेमा चासो दिनेहरुको संख्या बढेको संयोजक शेर्पाले बताए । ‘भिजिट नेपाल सफल बनाउन हामीले पैसा तिरेर फेसबुकबाटै नेपाल चिनाउने अभियानमा अघि बढ्यौं संयोजक शेर्पाले बताए ।

नेपाल सरकारको लक्ष्यलाई सफल पार्न महत्वपूर्ण सहयोग पुग्ने र प्रचारप्रसारमा प्रभावकारी भूमिका खेल्ने सोचका साथ फेसबुकमा पैसा तिरेर राखेको विज्ञापनले राम्रो भूमिका खेलेको उनले बताए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : २७ बजे