एनआरएनएलाई सस्थागत रुपमा उपेन्द्र महत्तो र त्यसपछि शेष घले नेतृत्वले थप उचाई पुर्याएका थियो । घले नेतृत्वले सस्थामा विभिन्न कार्यहरु गर्नुको साथै करौडौ रकम सस्थामा जम्मा गरि त्यो उचाईमा पुर्याएको हो । त्यही कारणले पनि घले नेतृत्व त्यतिखेर निकै चर्चामा आएको थियो । तर वालुवाटारमा एनआरएनएको लागी खरिद गरेको जग्गा र निर्माण गरेको भवन घले नेतृत्वको सवैभन्द ठुलो विवादीत कार्य भएको छ । नेपालमा अहिले यो गम्भिर विवादको रुपमा देखा परेको छ । त्यतिखेर जग्गा खरिद र भवन निर्माणमा घलेसंगै हालको अध्यक्ष कुमार पन्त, उपाध्याक्ष बद्री केसी र निवर्तमान अध्यक्ष भवन भट्टको संलग्नता देखिन्छ ।
घले नेतृत्वपछि भवन भट्ट नेतृत्वले सस्थाको आर्थिक अवस्था निकै कमजोर बनाउनुको सस्था घाटामा पुर्याएको थियो । जसको कारण गत अधिबेसनमा भट्ट नेतृत्वले आर्थिक प्रतिवेदननै पेश गर्न सकेनन । त्यो घटनाले पनि विश्वभरिबाट एनआरएनएको सम्मेलनमा काठमाडौमा आइपुगेकाहरु खल्लो मान्नुको साथै गलत सन्देश दिएको थियो । एनआरएनएमा घले नेतृत्व चयनदेखिनै विभिन्न पाटी राजनितिमा चासो राख्नेहरुले चलखेल गदै आएका थिए । त्यही राजनितिक चलखेल निरन्तर रुपमा बडदै जान थालेपछि पछिल्लो समय विदेशमा बस्ने नेपालीले सबैको साझा सस्था एनआरएनए हो भन्ने अनुभुती गर्न छोडेका छन ।
गत अक्टुबरमा सम्पन्न निर्वाचनमा कुमार पन्तलाई जिताउन नेकपा र आधा नेपाली कंग्रेसका विदेशमा रहेका कार्यकर्ताहरु लागेका थिए । त्यसरी सहयोग गर्ने कंग्रेसको भातृसस्था जन सम्पर्क समिति र नेकपाको भातृसस्था प्रवासी मञ्चका केही प्रतिनिधिहरुलाई पन्त नेतृत्वले केन्द्रिय सदस्य र सल्लाहकारमा मनोनित गरेका छन । यसरी मनोनित गरेपछि केही खुसी भएपनि एनआरएनए जस्तो साझा सस्थामा राजनितिक भातृ सस्थामा क्रियासिल व्यक्तिलाई मनोनित गरियो भनी कार्यसमितिभित्र र बाहिरबाट उतिकै विरोध गदै आएका छन । त्यही विरोधको भावना अनुरुप महासचिव डा हेमराज शर्माले विज्ञाप्ती मार्फत एनआरएनएमा राजनितिक पाटीको भातृसस्थामा रहेकालाई १५ दिनभित्रमा राजीनामा दिनु पर्ने यदि राजीनामा नदिएमा प्रचालित कानुन अनुसार कर्वाही गरिने चेतावानी दिएका छन ।
महासचिवको यो विज्ञाप्तीले आम एनआरएनए खुसी भएपनि राजनितिक भातृसस्थामा पनि बस्ने एनआरएनएमा पनि बसेर अरुलाई जुधाउदै वीच फाइदा खाने पल्केकाहरु भने निराशा हुन थालेका छन । लामो समयदेखिन राजनितिक चलखेलमा रमाउनेहरुलाई महत्व दिदै आएका एनआरएनएले विदेशमा एनआरएनएको लागी केही गर्छु भन्नेहरुलाई समेटन नसकेको यो अवस्थामा सस्थालाई राजनितिक व्यक्ति मुक्त गर्न खोज्नु यो नेतृत्वको राम्रो कदम हो । भर्खरै ५ महिना हुन लागेको यो नेतृत्वले सस्थालाई आर्थिक पारदर्सिता र राजनितिक मुक्त बनाउनका लागी गरेको यो निर्णय सन्र्दभिक देखिन्छ ।
महासचिव डा शर्माले जारी गरेको विज्ञाप्ती