५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

कोरोनाको त्राससँगै डेंगु, दुई महिनायता ३६ जनामा देखियो



काठमाडाैं– गर्मी सुरू भएसँगै डेंगु रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ।

इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगु देखिएको छ।

प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगु देखिएको हो।

डेंगुबाट बच्न पानी जमेको खाल्डाखुल्डी पुर्ने, झुलको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

गत आवमा तीन हजार चार सय जनामा डेंगु संक्रमण देखिएको थियो।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : २३ बजे