न्युयोर्क । कोरोना भाइरस संक्रमण चीनहुदै विश्वको विभिन्न मुलुक हुदै न्यूयोर्क राज्य कोरोना भाईरस संक्रमणको केन्द्रविन्दु बनेर हजारौले दुख भोग्न परिरहेको बेला आदीवासी जनजाती महासंघ अमेरिका फिपनाले चिन्ता व्यक्त गदै यो अवस्थामा सवै सुरक्षित रहन आग्रह गरेका छन । फिफनाका महासचिव नरेन्द्र थापामगरद्धार जारी प्रेश विज्ञाप्तीमा भनिएको ‘ यो भाईरसको संक्रमणका कारण हामीले एक नेपाली सामाजिक अगुवालाई गुमाई सकेका छौं भने केहि साथीहरु अहिले अस्पतालमा उपचार गराई रहनु भएको छ । यो विषम परिस्थितमा हामी आत्तिने र आफूलाई कमजोर बनाउने भन्दा पनि आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित बनाउनु पर्ने बेला हो । त्यतिमात्र होईन हामीले आफनो समुदाय र परिवारलाई सजग गराउनै पर्छ, त्यो मानविय धर्म र कर्तव्य पनि हो ।
न्यूयोर्क सहरमा यो भाईरसको संक्रमण दिन दुई गुणा र रात चौगुणका दरले बढिरहादा नेपाली समुदाय त्रसित मात्र होईन संक्रमणले ग्रसित बनिरहेको छ । यो विषम परिस्थितिमा अमेरिकामा रहेका सम्पूर्ण नेपाली अमेरिकन समुदाय र क्रियाशिल संघसंस्थाहरुले आपसी समन्वय गर्नु अत्यावश्यक छ । यो भाईरसका कारण न्यूयोर्कका विविन्न सहरमा नेपालीहरु संक्रमित हुने क्रम बढिरहेको छ । त्यसैले संक्रमितको उपचार र परिवार तथा समुदायको सुरक्षाका लागि यथार्थ विवरण संकलन गर्नै पर्छ । त्यतिमात्र होइन समुदायका लागि आवश्यक सहयोगका लागि हामी सबैले हातेमालो गर्नै पर्छ । संक्रमितका परिवारकालाई सेल्फ क्वारेन्टाईनको व्यवस्थापन अहिलेको मूल चुनौति हो । यसलाई तपाई हामी सबै मिलेर व्यवस्थापनको पहल गर्नुपर्ने देखिएको छ । जसका लागि नेपाली अमेरिकन समुदाय, क्रियाशिल संघसंस्था, कुट्नितिक नियोग र अमेरिकाको स्थानीय निकायबीच समन्वय र सहकार्य अहिलेको आवश्यकता हो । यहि आवश्यकतालाई महशुस गरी नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समिति, अमेरिकाले केहि पहलकदमी सुरु गरेको जानकारी गराउन चाहन्छौं ।
महासंघले मार्च २७, २०२० का दिन केन्द्रीय समिति, संघीय परिषद, सल्लाहकार समिति र सदस्य संस्थाहरुका अध्यक्षहरुको सहभागितामा कन्फरेन्स कल बैठकबाट समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको छ । जसले यो भाईरस सम्बन्धि यथार्थ जानकारी तथा सूचना समुदायलाई दिने र सम्पूर्ण नेपाली अमेरिकनहरुलाई घरमै बसेर सजग र सावधानी अपनाउन अनुरोध गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ । त्यस्तै यो अप्ठेरो परिस्थितिमा अमेरिकी सरकारबाट प्राप्त हुने विभिन्न राहत एवं सहयोगका बारेमा स्थानीय निकायसंग समन्वय गरी सहि सूचना उपलब्ध गराउनका लागि कुटनितिक नियोग एवं क्रियाशिल सम्पूर्ण संघसंस्थाहरुसाग समन्वय गर्ने निर्णय गरेको छ । विश्व महामारीको यो असहज अवस्थामा हामी सम्पूर्ण नेपाली अमेरिकन बुवाआमा, दाजुभाई तथा दिदी बहिनीहरुलाई एकजुट भई सुरक्षित, संयम एवं धैयताका साथ आत्मवल बढाउन हार्दिक अपिल गर्दछौं । साथै यो भाईरसबाट ज्यान गुमाउनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा भावपूर्ण समवेदना व्यक्त गर्दछौं । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) सधै तपाईहरुकै साथमा छ ।