१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकाबाट शेर्पा भाषा एप्सको लागी ५ लाख ५० हजार सहयोग


Ang

१५ बैशाख २०७८, बुधबार  

2
Shares

शेर्पा भाषा बिकास तथा संरक्षणको लागी विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा) को पहलमा बनाउन लागेको शेर्पा भाषाको एप्सको लागी शेर्पा संघ अमेरिकाले ५ लाख ५०  हजार १८ रुपिया हस्तन्तरण गरेको छ । संघले कार्यसमिति र केही इच्छुक व्यक्तिहरुबाट संकलन गरेको २ लाख ३५हजार १८ रुपैया र सोलुखुम्बुको खोरियाबासीको सस्था नेपाने क्लब खोरिया अमेरिकाको तर्फबाट ३ लाख १५ हजार समेत गरि उक्त रकम विश्व शेर्पा संघलाई हस्तन्तरण गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङबु शेर्पाले बताए ।

अमेरिकास्थित संघको आग्रहमा नेपाने क्लब अमेरिकाको अध्यक्ष छेवाङ लामा शेर्पाको नेतृत्वमा आर्थिक संकलन गरेर शेर्पा संघ अमेरिकालाई दिएको हो । दुबै एकमुष्ठ रकम संघले विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पालाई हस्तन्तरण गरेको जनाएको छ ।

विश्व शेर्पा संघले शेर्पा भाषाको संरक्षण, बिकासको लागि जहासुकैबाट पनि सरल र सहज रुपबाट भाषा सिक्न सक्ने गरी एप्स निर्माण गर्न लागेको हो । अहिले यो कार्य अन्तिम अवस्थामा पुगेको विश्प शेर्पा संघले जनाएको छ । शेर्पा भाषाको एप्सको निर्माण भएपछि सबैले आफनो फोन, कम्पयुटर ल्याप्टपको माध्यामबाट निशुल्क रुपमा भाषा सिक्न सकिने विश्व शेर्पा संघले जनाएको छ । शेर्पा संघ अमेरिकाले यसको साथै यस अघि नेपाल शेर्पा संघको भवन खरिदमा सहयोग गर्नुको साथै बाढीपिडित र पछिल्लो समय कोरोना पिडितलाई पनि आर्थिक सहयोग गरेका छन ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ५३ बजे