२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

अमेरिकाले आठ करोड डोज भ्याक्सिन बाहिर दिने राष्ट्रपति वाइडेनको घोषणा



अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने बितरण गरुने घोषणा गरेका छन्।

उनले आफ्नो ट्वीटरमा राखेको छोटो भिडियोमा बिभिन्न देशहरुलाई ८ करोड डोज भ्याक्सिन उपलव्ध गराईन् र त्यो बिश्वकै भ्याक्सिन उत्पादक देशहरु मध्ये सबैभन्दा धेरै हुने उल्लेख गरिएको छ ।

यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्। यद्यपी खोप पाउने मुलुकहरुको नाम भने उल्लेख गरिएको छैन ।

अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १० : ३० बजे