६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

उभौलि साकेलामा संसारका राईहरु एक ठाउमा जोडे


Ang

१२ असार २०७८, शनिबार  

0
Shares

सुरेश चाम्लिङ्ग
न्युहेम्प्शायर

सिक्किमका पुर्व मुख्य मन्त्रि डा पवन चाम्लिङले मानव सभ्यातको शुरुवात गर्ने किरातीहरु प्रकृति पुजकको रुपमा चिनिए बताए । पुर्व मुख्य मन्त्रि चाम्लिङयले युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राई हरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्ष्यमा आयोजित भर्च्युएल जुम शुभकामना आदानप्रदान कार्यक्रममा बताएका थिए ।


‘ विश्वले सामना गरी रहेको ग्लोबल वार्मिंग ,क्लाइमेट चेन्जले मानव जीवनमा परेको संकटको बेला हामी किरातहरुको धर्म, संस्कार, संस्कृती अनुसार प्रकृतिको पुजा गर्नले यसको संरक्षणमा योगदान पुर्‍याउदै आएको छ ‘ पुर्व मुख्य मन्त्रि चाम्लिङले भने-‘ मानव सभ्यताको बचावट गर्न सक्ने यस मौलिक कार्यहरु संसारकै मानिसहरुले अनुशरण गर्नु जरुरी देखिएको छ ‘ । उनले बताए । किरात राईहरुको विविधतालाई एकता गर्नु अपरिहार्य भएकोले त्यसको लागी आफु जुनसुकै बेला सहकार्य गर्न तयार रहेको उनले बताए ।
कार्यक्रमको बिशेष अतिथि संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि राजदुत अमृत राईले किरातीको मौलिक पर्व साकेला अब अन्तराष्ट्रियकरण भैसकेकोले यो गर्व को बिषय भएकोले आफनो भाषा, संस्कार र संस्कृतीलाई बिस्वभर फैलाउनु आजको आवस्यकता भएको बताएका थिए ।

त्यस्तै बिशेष अतिथि जर्मन स्थित नेपालका पुर्व राजदुत डा नोबल किशोर राई, किरात राई यायोखा केन्दि्रय समितिको सभापति दिवश राई, गायक संगीतकार तथा किराती संस्कृतीविद जितेन राई, आदीवासी जनजाती महासंघ अमेरिका फिपनाका अध्यक्ष लोक चेम्जोङ, अर्गनाइजेसनका संस्थापक अध्यक्ष शिब कुमार राई, अर्गनाइजेसनका पुर्व अध्यक्ष बिष्णु राई, अर्गनाइजेसनका पुर्व सभापति मिलन राई आदीले किराती राई समुदायको मौलिक चाडको अवसरमा शुभकामना दिदै संसार भरिको राई हरुको एकताका लागि अन्तररास्टि्रय नेटवर्किंग आवस्यकता भएको बताएका थिए ।

कार्यक्रममा जनक राई महासचिव किराया केन्दि्रय समिति,पुर्व प्रहरी आइजी पी दुर्ज कुमार राई ,पुर्व एस एस पी तथा अधिवक्ता किवांग हाङ्ग राई,अभिनेता दया हाङ्ग राई,चलचित्र निर्माता निर्देशक युब राज राई,लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेका थिए । त्यस्तै किरात राई यायोखाका अन्य देशहरुको प्रतिनिधिहरु कल्पना राई युके ,मिलन राई बहराइन,मन्जित राई कुवेत,बिमल राई ,एक राज राई कतार,कुमार साङपाङ राई इजरायल ,चन्द्र सांगपाङ राई युएइ ,रबिन थुलुङ साउदी अरब, भिम राई मकाउ,यादब राई थाईल्याण्ड,पदम राई कोरियाको उपस्थिति रहेका थिए ।

त्यस्तै गरि ज्ञान किराती बान्तवा खिम नेपाल, सक्कल बहादुर राई किरात रदु नाछिरिंग साखाम नेपाल, राम राई,भारती राई किरात राई समाज अमेरिका,बिनिता खम्बु किरात राई खम्बु राई सास्कृतिक संस्थान दार्जिलिङ्ग भारत,मोहन दुङ्गमाली प्रमुख संरक्षक,पारुहांग साप्टेन माङ्गखिम सिक्किम भारत,निर्कु धन राई थुलुङ्ग राई संस्कृति प्रतिष्ठान नेपाल,बीबी बोक्दुंग राई सिक्किम भारत,योगेन्द्र राई,शशिचन्द्र राई र संजय राई किरात खम्बु राई सोसाइटी अस्ट्रेलिया,भूप राज राई पुर्व उपसचिव नेपाल,कुमारी कमला राई प्रधान अध्यापक जन कल्याण माबि काठमान्डू,कबि राज बान्तवा युनाइटेड एकेडेमी ललितपुर नेपालको प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

केन्द्रीय महासचिव जय राई र न्यु इंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ती नारायण राईले संयुक्त रुपमा सञ्चालित कार्यक्रममा यस वर्षको साकेला कार्यक्रमको संयोजक तथा अर्गनाइजेसनका उपाध्याक्ष जीएस राईले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष मुना राईले सबैलाई धन्यवाद दिदै कार्यक्रमको सभाविर्सजन गरेकी थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ४७ बजे