१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

यौन उत्पीडनको आरोप लागेका न्यूयोर्कका गभर्नर कुमोले दिए राजीनामा



काठमाडौं । यौन उत्पीडनको आरोप खेपेका न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुमोले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी उपराज्पाल क्याथे हकले सम्हाल्ने बताईएको छ । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्नेछिन् ।

न्यूयोर्क राज्यको न्यायाधिवक्ताले गरेको अनुसन्धानमा कुमोले प्रान्तीय सरकारका बहालवाला र पूर्व कर्मचारीहरुमाथि यौन उत्पीडन गरेको निष्कर्ष निकालिएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले कुमोले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

डेमोक्रेट नेता कुमोले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् । राजीनामा घोषणा गर्ने बेलामा पनि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे । तर पनि उनले भने, ‘अहिलेको मैले सहयोग गर्ने भनेको पछि हटेर नै हो ।’

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ४० बजे