१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

नेराल टी-२० विश्वकप छनौट



युएईलाई पराजित गर्दै नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ ।

यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । योसँगै नेपालले ९ वर्षपछि विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो ।

आइसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा युएईलाई सहजै पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको थियो । नेपालका ओपनर आशिफ शेखको अर्धशतकमा नेपालले विजयी लक्ष्य सहजै भेट्टाएको हो ।

युएईले दिएको १ सय ३५ रनको मध्यम लक्ष्य नेपालले १७ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : ३२ बजे