१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

अमेरिकामा नेपालिज मुलबासी मंगोल गठन


Ang

१५ मंसिर २०८०, शुक्रबार  

474
Shares


अमेरिकाको न्युयोर्कमा बसोबास गदै आइरहेका मंगोलबासीहरुको विशेष बैठकले अमेरिकामा नेपालिज मुलबासी मंगोल कम्युनिटि अमेरिका गठन गरेको छ । विशेष गरि मंगोलमुलबासीहरुको साझा मुद्धाहरु उठाउदै आएको मुलबासी मंगोल अर्गनाइजेसनले अमेरिकामा पहिलो पटक नया कार्यसमिति गठन गरेको हो । ‘ मूलवासी मंगोलको एकता आजको रास्टि्रय एवं अन्तरास्टि्रय आवश्यकता’ भन्ने मूल मन्त्रका साथ गठित कार्यसमितिको अध्यक्षमा ङिमा वाङचुक ( कान्छा) शेर्पा निर्विरोध निर्वाचित गरेको छ ।

त्यसैगरि सचिवमा सजुन थोकर, सहसचिवमा तेन्जे योन्जन, कोषाध्याक्षमा किशोर गुरुङ, प्रचारप्रसार सचिवमा भक्त बा. राई चयन गरेको छ । त्यसैगरी बोर्ड सदस्यहरुमा पासाङ शेर्पा, सुनिल थापा मगर, तेजावी राई, दावा शेर्पा , साङ्गे शेर्पा र लिला श्रीस मगरलाई बोर्ड सदस्यमा चयन गरेको छ । त्यस्तै सल्लाकारहरुमा रमेश लामा र निमा शेर्पालाई चयन गरिएको छ्र । सस्थाको नया कार्यसमिति गत नोभेम्बर २५ तारिख अमेरिकाको पेन्सिभेनियास्थित हयारिसबर्गमा गठन गरेको थियो । हालै गठित कार्यसमितिले अमेरिकामा बसोवास गदै आएको मूलवासी मंगोलहरुलाई एकतावद्ध गर्दै लैजाने सोच बनाएको जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ४४ बजे