नर्थक्यारोलिनाको मोरिसभिल हिन्दु मन्दिरमा गत आइतबार आयोजित महाशिवरात्री कार्यक्रममा भक्तजनहरुको भिडभाड देखिन्थ्यो । विहानीपखदेखिनै मन्दिरमा धार्मिक व्यक्तित्वहरु पुजापाठमा व्यस्त थिए भने भक्तजनहरु भजनकिर्तनसंगै शिव, पर्वती लगायतका देवी देवताको दर्शनमा व्यस्त थिए । मन्दिरमा भेला भएका भक्तजनहरुको सेवामा आयोजक कमिटिका सदस्यहरु खटिएका थिए । शिवरात्री कार्यक्रमको लागी समाजसेवि विमल अधिकारीको अग्रसरतामा रमेश वोलि, माधव भट्टराई र विष्णु अधिकारी लगायतले विशेष खटिएका थिए । नर्थक्यारोलिनाको मोरिसभिलमा पहिलो पटक आयोजित शिवरात्री कार्यक्रम व्यक्तिगत तहबाट आयोजना गरिएको थियो ।
‘ प्रवासमा नेपाली धर्म सस्कृतिको जर्गेनाको लागी आयोजना गरिएको महाशिवरात्री कार्यक्रममा भक्तजनहरुको उपस्थिति देखेर निकै खुसी लाग्यो ‘ समाजसेवि विमल अधिकारीले एभरेष्टटाइम्सलाई भने — ‘ यो कार्यक्रमको लागी एनसिएनसिले गरेको सहयोग प्रति हामी अत्यन्त खुसी छौ’ उनले भने । शिवरात्री कार्यक्रममा आउने भक्तजनको लागी विहान ३ बजेदेखिनै खानेकुराको तयारी गरेका थिए ।









