६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

एनआरएनएको निर्वाचनमा त्रुटी भएको छानबिन समितिको निष्कर्ष

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर छानविन सिमितले गरेको छ । सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको समितिले उक्त निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ कारण उल्लेख गरेका छन् । एनआरएनको निर्वाचनको वैधतामाथि विवादमा भएपछि गत माघ ९ गते मन्त्रिपरिषदको बैठकले छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।…