८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चलचित्र ‘कालो पोथी’ को च्यारिटी शो हुँदै ।


८ आश्विन २०७४, आइतबार  

0
Shares

एभरेष्ट टाईम्स प्रतिनिधी / न्युयोर्क

थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र ‘कालो पोथी’ को च्यारिटी शो हुने भएको छ । न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुगको हलमा आईतबार, सेप्टेम्बर २४ मा बिहान ११ बजे र दिउँसो २ बजे गरी दुई शो  प्रदर्शनीबाट सँकलित रकम नेपालमा रौतहट जिल्लाको बाढी पिडीतहरुलाई सहयोग पठाईने स्थानिय आयोजक मध्येका रोज लामाले बताएका छन् ।  अहिलेका निकै प्रतिभाशाली निर्देशक मीन बहादुर भामले चलचित्रको निर्देशन गरेका हुन् ।

सञ्चारकर्मी माझ गरिएको प्रिमीयर शोमा “अर्ग्यानिक चलचित्र” को उपनाम पाएका ‘कालो पोथी’ देश विदेशमा दर्शकमाझ निकै चर्चित बनी रह्यो । नेपालको पश्चिम मुगु सेरोफेरोको भुगोलसँगै त्यहाँको खस भाषी प्रयुक्त चलचित्र मुलत: नेपालमा एक दशक बढी चलेको द्वन्दको चपेटामा परेका दुई साथीको कथामा बुनेको छ । तत्कालिन माओबादी द्वन्दको पृष्ठभुमीमा फरक जात र बर्गका दुई साथीले पालेको कुखुरा हराए पछि खोज्न जाँदा बाटोमा भोगेका बिविध कठिनाईका दृश्यान्तहरु सहित उनीहरुले मित्रता कायम राख्न गरेका सँघर्षलाई चलचित्रमा हेर्न सकिन्छ ।

चलचित्र ‘कालो पोथी’ सँगै भाम निर्देशित अर्को लघु चलचित्र ‘बाँसुल्ली’ समेत देखाईने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार  १ : १० बजे