बौद्ध धर्मको महत्वपुर्ण धार्मिक ग्रन्थ ‘दोमाङ’ ( धारणी संग्रह) को अनुवादक बौद्ध धर्म गुरु खेन्पो वागिन्द्र शिलाले न्युयोर्कमा ‘दोमाङ’ को ‘लुङ’ र प्रवचन दिनु भयो । बौद्धमार्गीहरुले पाठ पुजा गर्दै आएको दोमाङ भगवान बुद्धको महान वचनहरुलाई संग्रह गरिएको एक अति नै महत्वपूर्ण महयानी र वज्रयनी बौद्ध ग्रन्थ हो । यसलाई कङग्युर भित्रका जम्मा ११ सय ८ वटा सुत्रहरु मध्येबाट अति महत्वपूर्ण सुत्र, तन्त्र र मन्त्र आदिलाई संकलन गरि धारणी संग्रह अर्थात ‘ सुङ्धुई’ र ‘दोमाङ’) ग्रन्थको सृजना भएको हो । यो महायानीरवज्रयानी बौद्ध सम्प्रदायका उपासक उपासिका तथा भिक्षु, लामा गुरु आदि सबैको जिवनमा अत्यन्तै महत्वपूर्ण भुमिका खेल्ने गरेको बौद्ध गुरु खेन्पो वागिन्द्रले प्रवचनको क्रममा बताउनु भयो ।
‘ बुद्ध भगवानको बचन र मन्त्र रहेको दोमाङ पाठ गर्नेले र गराउनेको जिवन भरिनै फाइदा हुने भएकोले यो जुनिमा सवैले अध्ययन गर्दा धेरै फाइदा हुन्छ ‘ खेन्पोले भन्नु भयो—’ अहिले नेपाली भाषामा सबैले सजिलै पढन सकिने गरि आएको यो ग्रन्थ सवैले पढनु अतिनै जरुरी छ’ । उहाका अनुसार यो दोमाङ पाठ गरेमा आयु लम्बिने, रोगव्याधीबाट बच्ने, अनिकालबाट बच्ने, भुत प्रेतबाट बच्ने,सन्तान सुखी हुनुको साथै मानव जीवनको महत्वपुर्ण कुराहरु पुरा गर्नमा मद्धत पुग्नेछ ।
बौद्धधर्मवलाम्बी विभिन्न समुदायहरुले घर घरमा धार्मिक लामा गुरुहरु बोलाएर यो ग्रन्थको पाठ गराउदै आएको छ । यो पाठ गराएमा घरमा सुखशान्ति हुने, विभिन्न बाधा व्यावधान हटने, अनिष्ठा नहुने र धन लाभ हुने विश्वास राख्दै आएको छ । हिजोको दिनमा यो धारणी संग्रह भोट भाषामा अर्थात तिब्बती भाषामा सिमित थियो र यो केवल बौद्ध भिक्षु वा लामा गुरुहरुले मात्रै पाठ पुजा वा वाचन गर्न सक्दथे । नेपाली भाषा पढ्न सक्नेहरुको लागि यो उपलब्ध थिएन तर आज बौद्धधर्मका यस्तो महत्वपुर्ण धार्मिक ग्रन्थ ति्रयाना धर्म सन्टरका अध्यक्ष तथा खेन्पो वगिन्द्र शिला र गुहृयेश्वरी राज मानन्धरको समुहले ४ वर्ष रातदिन लगाएर अनुवाद गर्नु भएका हुन ।
खेन्पो वागिन्द्र ब्राम्हाण समुदायबाट बौद्ध खेन्पो हुने पहिलो व्यक्ति हुन । दुई वर्षको उमेरदेखिनै बौद्ध अध्ययनमा लाग्नु भएका उहा खेन्पो भएको वितिकै हिमाली क्षेत्रको बौद्ध अध्ययपनमा लाग्नु भएको थियो । देश विदेशमा बौद्ध धर्मको प्रवचन दिने क्रममा उहाले यस अघि दलाई लामाको पुस्तक अनुवाद गर्नुको साथै न्युयोर्कको रेडियोसिटि हलमा केही वर्ष अघि भएको चार आर्य सत्य प्रवचनको नेपाली अनुवाद गर्नु भएका हुन । दोमाङको अनुवाद सकेपछि वेलयतमा बसोबास गदै आइरहेका विभिन्न बौद्ध समुदायहरुको निम्तोमा त्यहा पुग्नु भएका खेन्पोले अल्टासुटस्थित इन्टरनेशनल बुद्धिष्ट कम्युनिटि सेन्टर लण्डन नजिकै फेलतामस्थित कम्युनिटि हलमा र प्लमस्टेटको गेसो हाउसमा केही महिना दोमाङको ओङलुङ र प्रवचन दिनु भएका थिए ।
बेलयतमा गत मार्चको ४ तारिख तामाङ घेदुङ संघ बेलयतको आयोजनामा दोमाङको ओङलुङ र प्रवचन सके लगतै गत मार्च २४ तारिख न्युयोर्कमा दोमाङको प्रवचन दिनु भएका थिए । विभिन्न नेपाली समुदायको प्रतिनिधिहरु सम्मिलित एक समुहले न्युयोर्कमा खेन्पोको प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । शेर्पा किदुगको गुम्बामा आयोजना भएको कार्यक्रममा हलको तल र माथि दुबै गरि करिब ४ सय भन्द बढिको उपस्थिति थिए । कार्यक्रमको दिन शेर्पा किदुगका बौद्ध धर्म गुरु आवतारि लामा टुल्कुले विहानै पुजा गर्नुको साथै उहा दिनभरिनै कार्यक्रममा बस्नु भएका थिए ।
दोमाङ अनुवादपछि विदेशमा ‘दोमाङ’को बारेमा प्रवचन भएको बेलयतपछि यो पहिला हो । बेलयतमा सम्पन्न प्रवचनपछि ४ सय भन्द बढिले दोमाङ लिएका थिए भने न्युयोर्कको कार्यक्रममा करिब ६० जनाले दोमाङ लिएको छ । कार्यक्रममा खेन्पोले प्रवचन पछि दिउसो लन्च ब्रेक सकेपछि प्रश्नोत्तर र अन्तमा ध्यान गर्ने विधि समेत प्रशिक्षण दिनु भएका थिए । विभिन्न नेपाली समुदायको बाक्लो उपस्थिति रहेका कार्यक्रममा न्युयोर्क नेपाली कन्सुलेटका नायब महाबाणिज्यदुत पुष्पा राज भट्टराई लगायत विभिन्न नेपाली समुदायको व्यक्तिहरुले दोमाङ र बौद्ध धर्मको आधारभुत जिज्ञासाहरु राखेका थिए । न्युयोर्कपछि उहाको प्रवचन न्युहृम्सर, क्यालिफोर्निया र वासिङटनडिसि लगायतका राज्यहरुमा हुने भएको छ ।
यस पटक न्युयोर्कमा सम्पन्न कार्यक्रम सफल पार्न खानाको सहयोग मुस्ताङ किदुग अमेरिकाले , चियाको सहयोग रेड पाण्ड रेष्टुरेन्टले र हलको लागी ६ सय डलर एनआरएनका पुर्व आरसि सोनाम लामाले सहयोग गरेका थिए । त्यस्तै कार्यक्रमलाई एभरेष्टटाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा, शेर्पा किदुगका महासचिव तेन्डी शेर्पा, प्रबक्ता पेम्बा गेलु शेर्पा, सचिव तेम्बा शेर्पा, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष नुर्बु शेर्पा ,मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्ट, शेर्पा संघ अमेरिकाका संयोजक निमा शेर्पा, ग्यालसुम्दा सेवा सस्थाका अध्यक्ष छिरिङ राप्के लामा, नर्थ अमेरिका तामाङ एसोसियसनका अध्यक्ष लाकेन लामा, एनआरएन अमेरिकाका महासचिव विआर लामा, हिमालयन बुद्धिष्ठ कम्युनिटिका कोषाध्याक्ष छेपाक दोर्जि गुरुङ, हृयोल्मो सोसाइटीका साङग्याल्जेन हयोल्मो, दिकि डोल्मा वालुङ,तामाङ कल्चर सेन्टरका संयोजक इन्द्र तामाङ र फुर्वा जाङमु शेर्पा चौरिखर्कले आर्थिक सहयोग गरेका थिए ।