२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

जनसम्पर्क समिति क्यालिफोर्नियाले मन्त्री अधिकारीलाई बुझायो दुई बुँदे ज्ञापनपत्र


३ असार २०७५, आइतबार  

0
Shares

सनफ्रान्सिस्को । जनसम्पर्क समिति क्यालिफोर्नियाले पर्यटन मन्त्री रवीन्द्र अधिरकारीलाई दुई बुँदे ज्ञापनपत्र बुझाएको छ। एनआरएन विज्ञ भेलामा सहभागी हुन अमेरिकाको क्यालिफोर्निया पुगेका मन्त्री अधिकारीलाई समितिका सल्लाहकार विद्यासागर योञ्जन, वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसी, समितिको सदस्य प्रमोद सिटौला ,क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पुर्ण शेर्पा र समितिको पूर्व अधिवेशन संयोजक विष्णु सुवेदीको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाएका हुन्।

समितिले बुझाएको ज्ञापनपत्रको पहिलो बुँदामा बालकृष्ण ढुंगेललाई माफी दिएकोमा विरोध गर्दै नेपाल अधिनायकवादतर्फ लम्कन लागेको र दोस्रो बुँदामा एक पटकको नेपाली सधैंको नेपालीको अवधारणामाथि चोट पुग्ने गरी नेपाल सरकारका मन्त्री लालबाबु पण्डितले दिएको अभिव्यक्तिको खेद जनाएको छ।

प्रकाशित मिति : ३ असार २०७५, आइतबार  ८ : ४६ बजे