१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यी हुन् १३औं सागमा बुधबार नेपालले प्रतिस्पर्धा गर्ने खेल



काठमाडाैं– १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत बुधबार साँझ ५ बजे दशरथ रंगशालामा नेपाल र श्रीलंकाबीच फुटबलको प्रतिस्पर्धा हुनेछ।

एथ्लेटिक्सको ५ हजार मिटरको महिला र पुरुषको प्रतिस्पर्धा र महिला र पुरुष हाइजम्प, ११० मिटर हडल्स पनि बुधबार नै हुनेछ।

करातेमा ४ स्वर्णका लागि प्रतिस्पर्धाका लागि प्रतिस्पर्धा हुनेछ। कबड्डीको प्रतिस्पर्धा पनि बुधबार नै हुनेछ। साइक्लिङमा डाउन हिलको स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

तेक्वान्दोमा ६ स्वर्ण र उसुमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ । टेनिस, टेबल टेनिस र सुटिङको प्रतिस्पर्धा बुधबार पनि जारी रहने छ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : २१ बजे