१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

बरिष्ठ पत्रकार स्व बानियाको सहयोगको लागी आर्थिक संकलन


Ang

३ भाद्र २०७७, बुधबार  

0
Shares

कान्तिपुर दैनिकको बरिष्ठ पत्रकार स्व बलराम बानियाको सहयोगको लागी नेपाल अमेरिका पत्रकार संघ नेजाले आर्थिक संकलन गरिरहेको छ । नेपाली पत्रकारिता क्षेत्रमा ३ दशकदेखि लाग्दै आएका स्व बानियाको गत हप्ता राजधानीमा निधन भएको थियो । पत्नी र दुई बालकका अभिभावक स्व. बानियाको निधनपछि परिवारमा पर्न गएको दुख र आर्थिक अभाव भएको महसुस गरि नेजाले आर्थिक संकलन गरेको जनाएको छ ।

नेजाले संकलन गरेको रकम स्व बानियाको १३ पुण्य तिथिको दिन नेपाल पत्रकार महासंघ मार्फत घरमै पुगेर वितरण गर्न लागेको नेजाका कार्यवाहक अध्यक्ष विकास राज न्यौपानेले एभरेष्टटाइम्सलाई बताए । नेजाको सहयोग अभियानमा अमेरिकामा रहेका पत्रकारहरुले सहयोग गरिरहेका छन । ‘ यो समयमा हामीले सानो सहयोग मात्र गर्न सकेमा उहाको परिवारलाई ठुलो सहयोग पुग्ने भएकोले सवैलाई सहयोगको लागी हार्दिक अनुरोध गर्दछु ’ नेजा कार्यवाहक अध्यक्ष न्यौपानेले सहयोगको लागी सवैमा आग्रह गरेको छ । पत्रकार स्व बानिया कान्तिपुर हुदै नागरिक र पछिल्लो समय कान्तिपुरमा राजनितिक विटमा कलम चलाउदै आएका थिए ।

नेजाले आगामी बिहीबारसम्म मात्र यो सहयोग अभियान गर्ने भएकोले सस्थाका सदस्यहरु तथा शूभचिन्तकहरुलाई यो अवधीभित्रमा सहयोग गरिदिन आग्रह गरेको छ । पत्रकार स्व बानियालाई सहयोग गर्न चाहनेहरुले नेजाको बैंक अफ अमेरिकामा रहेको ३२५१ १९८० ९६०२ नम्वरको खातामा वा पेपल मार्फत  यस लिंकमा गई सहयोग गर्न सकिने भएको छ । https://www=paypal=com/donate/<cmd=_s-xclick&hosted_button_id=J44LHCCHXZSC2

नेजाको यो अभियानमा मगलबार बेलुकीसम्म २७ सय २६ डलर ३५ सेन्ट संकलन भइसकेको छ ।

 

 

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : ३२ बजे