कृष्णराज खनालराले, नर्थ क्यारोलिना । विगतका वर्षहरुझैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो दशौँ संस्करण हो । नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ…