नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा प्रवश गरेको हो । फाइनल खेल शनिबार हुनेछ। यसअघि बुधबार भएको खेलमा सुदूरपश्चिम फाइनलमा पुगिसकेको थियो । यो एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीचको तेस्रो…