नर्थक्यारोलिना, अमेरिका । नर्थक्यारोलिनाको राले आरटिपि क्षेत्रमा पहिलोपटक आयोजित ल्होसार फुटबल कपको उपाधि लुम्बिनी एफसीले जितेको छ । बौद्ध धर्मावलम्बीहरूको महान चाड २१५३ औं ग्याल्पो ल्होसारको अवसर पारेर फुके नेपाली फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा लुम्बिनी एफसीले बौद्धनाथ एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै…